पत्रकार खनिया मृत फेला
काठमाडौं । पत्रकार दिपेन्द्र खनिया मृत फेला परेका छन्। खनिया बानेश्वरस्थित घरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौं एसपी पवनकुमार भट्टराईले बताए।
खनियाले आत्महत्या गरेको प्रहरीको आशंका छ। अहिले घटनास्थलको मुचुल्का गरी शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ।
इन्टरनेटको वायर गाँसेर खनियाले पासो लगाएको प्रहरीले जनाएको छ। उनी एक छोरी र श्रीमतीसहित बस्दै आएका थिए। खनिया रेडियो अडियो एफएमका सञ्चालक हुन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment