मुस्ताङीले देखेको विकासको सपना पूरा गर्न लाग्छौं : कार्यवाहक सभापति अर्याल
मुस्ताङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापित डोलप्रसाद अर्यालयले मुस्ताङीले देखेको विकासको सपना पूरा गर्न आफ्नो पार्टीले भूमिका खेल्ने बताएका छन्।
आज यहाँको जोमसोममा आयोजित पार्टीको प्रथम जिल्ला भेलामा उहाँले आफ्नो पार्टी सरकारमा गए यहाँको विकासका लागि प्राथमिकताका साथ काम गर्ने बताए।
कार्यवाहक सभापित अर्यालले रु तीन अर्बभन्दा बढी राजस्व सङ्कलन गरिसकेको कोरलानाकामा पूर्वाधार निर्माण गर्न सरकारले ध्यान दिनुपर्ने बताए। उनले यहाँका व्यवसायी, पर्यटक तथा सुरक्षाकर्मीका लागि शौचालय, खानेपानीलगायत आधारभूत पूर्वाधार तत्काल निर्माण गर्न सरकारलाई आग्रह गरे।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment