खगेन्द्र सुनार नेतृत्वमा ‘हाम्रो पार्टी नेपाल’ निर्वाचन आयोगमा दर्ता

डिसी नेपाल
८ मंसिर २०८२ १३:५१
52
Shares

काठमाडाैं। अभियन्ता खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपाल दल निर्वाचन आयोगमा विधिवत रुपमा दर्ता भएको छ। सोमबार आयोगले हाम्रो पार्टी नेपाललाई दल दर्ताको औपचारिक प्रमाणपत्र हस्तान्तरण गरेको हो।

आयोगमा २१६ नम्बरमा दर्ता भएको सो पार्टीको चूनाव चिन्ह गोलो घेराभित्र राम्रो जनाउने लाइक रहेको छ। दल दर्ताको प्रमाणपत्र लिनका लागि बाजागाजाकासहित आयोग पुगेका हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनारले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा आफ्नो पार्टी मजबुद राजनीतिक शक्तिको रुपमा उदाउने दाबी गरे।

राजनीतिक कोर्श र देशलाई सहि ढंगले दिशानिर्देश गर्दै पार्टीले आफ्नो गतिविधि अघि बढाउने उनले बताए।

सुनारले मुलुक नयाँ राजनीतिक परिवेशमा अघि बढेको र निर्वाचनमय भएको अवस्थामा नयाँ दलहरु दर्ता हुनु स्वभाविक भएको जिकिर गरे। धेरै शक्तिहरुको संघर्षपछि एउटा बलियो राजनीतिक शक्ति निर्माण हुने उनको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *