महोत्तरीमा २५ हजारभन्दा बढी मतदाता थपिए
महोत्तरी। महोत्तरीमा २५ हजारभन्दा बढी मतदाता थपिएका छन् जिल्ला निर्वाचन कार्यालयका अनुसार गत असोज ९ गतेदेखि मङ्सिर ५ गतेसम्म फोटोसहितको मतदाता नामावली संकलन कार्यक्रममा २५ हजार २५४ मतदाता थपिएका हुन्।
कार्यालयमा उपस्थित भएर तीन हजार ९३९ जना पुरुष र दुई हजार ८८९ जना महिला गरी जम्मा छ हजार ८२६ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराए।
यस्तै, १८ हजार ४२६ जनाले राष्ट्रिय परिचयपत्रको आधारमा अनलाईनमार्फत नामावली दर्ता गराएका छन्, जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाले जानकारी दिइन्।
दश नगरपालिका र पाँच गाउँपालिका गरी १५ वटा स्थानीय तह रहेको महोत्तरीमा चार वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन्। आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै आयोगले नामावली संकलन गरेको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment