सिंहदरबार छिर्न खोजेका जेनजीलाई प्रहरीले रोक्यो (भिडियोसहित)

डिसी नेपाल
९ मंसिर २०८२ १२:४६
60
Shares

काठमाडौं । सिंहदरबार छिर्न खोजेका जेनजीहरूलाई प्रहरीले रोकेको छ।

मंगलबार मिराज ढुंगाना नेतृत्वको जेनजी समूह सिंहदरबार प्रवेश गर्न खोजेपछि प्रहरीले रोकेको हो।

निशेधित क्षेत्रमा हुलसहित प्रवेश गर्न खोजेपछि उनीहरूलाई सिंहदरबार प्रवेश गर्नबाट रोकिएको प्रहरीले जनाएको छ।

निषेधित क्षेत्र प्रवेश गर्न खोजेका कारण प्रहरीले उनीहरूलाई अनामनगरको भाटभटेनीसम्म हटाएको थियो।

हिजो सोमबार पनि प्रधानमन्त्री सुशीला कार्कीसमक्ष माग पत्र बुझाउन मिराज ढुंगाना, रविकिरण हमाललगायतका जेनजी अगुवाहरू सिंहदरबार मागपत्र लिएर पुगेका थिए।

तर, भित्र छिर्न नपाएपछि उनीहरू दक्षिण गेटमा मागपत्र टाँसेर फर्किएका थिए।

    



No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *