६८ वटा दलले दल दर्ता गराए, अन्तिमसम्ममा सबै आउनेछन् : निर्वाचन आयोग

डिसी नेपाल
९ मंसिर २०८२ १५:१५

काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मंगलबार दिउसोसम्म ६८ वटा दलले दल दर्ता गराएका छन्।

निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले हालसम्म ६८ वटा दलले आगामी प्रतिनिधि सभा निर्वाचनको प्रयोजनका लागि दल दर्ता गराएको बताए। साथै दर्ता कायम भएका दलको संख्या भने १३२ रहेको उनले जानकारी दिए।

निर्वाचनमा सबैको सहभागिता रहने पनि उनले विश्वास व्यक्त गरे। ‘निर्वाचन एउटा राष्ट्रिय पर्व हो। यसमा सामान्य नागरिकहरुले तीन तरिकाले निर्वाचनमा सहभागिता जनाउने छन्। यसमा सबैको सहभागिता हुने भएकाले दल दर्ताको प्रक्रिया चलिरहेको छ र सबै दलहरू दर्तामा आउनु हुनेछ। त्यसैले आयोगले स्वतन्त्र, निष्पक्ष र भयरहित रुपमा निर्वाचन गराउने प्रण गर्नेछ,’ प्रवक्ता भट्टराईले भने।

त्यस्तै उनले विदेशमा बस्ने नेपाली नागरिकहरुका लागि कानुन निर्माणको चरणमा रहेको बताए। आयोगलाई अर्थ मन्त्रालयले ४ अर्ब ९६ करोड बजेट सुनिश्चित भएको जानकारी दिंदै अपुग बजेट माग गर्दै जाने पनि बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *