मुस्लिम समाजद्वारा कोशीका मुख्यमन्त्रीरिुद्ध मदरसा शिक्षा बोर्ड गठनको माग

डिसी नेपाल
९ मंसिर २०८२ १९:०५

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मुस्लिम समाज मोरङ, विराटनगरले मदरसा शिक्षा बोर्ड गठन गर्न माग गर्दै आज ज्ञापनपत्र बुझाएको छ। समाजका संयोजक साहेब अहमद नेतृत्वको टोलीले प्रदेशस्तरीय अधिकार सम्पन्न मदरसा शिक्षा बोर्ड गठनका लागि प्रदेश सरकारसँग माग राखेको हो।

ज्ञापनपत्रमा मोरङ, सुनसरी, उदयपुर, झापा, सप्तरीलगायत जिल्लामा करिब ३५० भन्दा बढी मदरस्सा तथा इस्लामी शिक्षण संस्थाहरू सञ्चालनमा रहेको उल्लेख गरिएको छ। यी संस्थाहरूले मुस्लिम समुदायका बालबालिकालाई धार्मिक, सांस्कृतिक तथा राष्ट्रिय पाठ्यक्रमअनुसार शिक्षा प्रदान गर्दै आए पनि आवश्यक संरचना, नीति तथा सरकारी समन्वयको अभावले सहज रूपमा काम गर्न कठिन भइरहेको समाजले जनाएको छ।

समाजले संविधानले धार्मिक तथा सांस्कृतिक शिक्षा प्राप्त गर्ने हक सुनिश्चित गरेको र राष्ट्रिय शिक्षा नीति–२०७६ ले मदरसा शिक्षालाई मूलधारमा ल्याउने नीतिगत आधार प्रदान गरेको भन्दै प्रदेश सरकारले यसलाई व्यवहारिक रूपमा अघि बढाउनुपर्ने माग राखेको छ। ज्ञापनपत्रमा पाँच बुँदे माग समेटिएको छ।

ज्ञापनपत्र ग्रहण गर्दै मुख्यमन्त्री कार्कीले मुस्लिम समुदायको मागलाई आफूले गम्भीर रूपमा लिएको बताउँदै त्यसलाई सम्बोधन गर्न आवश्यक पहल गर्ने आश्वासन दिए। उनले नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएको उल्लेख गर्दै प्रदेश सरकार सबै धर्म, भाषा र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनप्रति प्रतिबद्ध रहेको स्पष्ट पारे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *