एमाले अध्यक्षमा ओली र पोखरेलबीच प्रतिस्पर्धा निश्चित
काठमाडौं। नेकपा एमालेको महाधिवेशन यही मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुँदैछ। ११औं महाधिवेशनमा नेतृत्वका लागि तेस्रो पटक केपी ओली अध्यक्षमा संस्थापन पक्षबाट निर्विकल्प उम्मेदवार हुन्। विधान सबै संशोधन गरेर ओलीले तेस्रो पटक अध्यक्ष बन्न मिल्ने बनाएका छन्।
अनि ७४ वर्ष लागेको भए पनि ७० वर्षभन्दा माथिकाले पनि सक्रिय राजनीति गर्न पाउने नीति बनाइकाे छ। आफू सुहाउँदो सबै माहोल तयार गरेपछि उनले हतार हतार गरेर मंसिर २७ देखि ११ औँ महाधिवेशन गर्न लागेको हुन्।
११ औँ महाधिवेशनमा अध्यक्षमा लड्छु भनेकै भरमा पूर्व उपाध्यक्ष एवं पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाधिवेशन प्रतिनिधि नै बन्न दिएनन्। अब पालो ईश्वर पोखरेलको आउँदैछ। पोखरेलले मंगलबार अध्यक्षमा उम्मेदवारी घाेषणा गरेका छन्।
अब ओली र पाेखरेलबीच अध्यक्षमा प्रतिश्पर्धा गर्नेछन्। पाेखरेल विद्यादेवी भण्डारीकाे समर्थनमा अध्यक्षमा प्रतिश्पर्धा गर्दैछन्। आफू एमाले हुन नपाए पनि ईश्वरलाई अगाडि बढाएर एमालेमा ओलीलाई फेरि अध्यक्ष बन्न नदिने योजनामा भण्डारी रहेकाे बताइएकाे छ।
ओलीलाई मन नपराउने नेताहरू अहिले एकढिक्का भएकोसमेत पाइएको छ। यो अर्थमा एमालेका बुद्धिजीवी नेताहरूले ईश्वर पोखरेल ओली जत्तिको तानाशाह नै नबन्न सक्छन् भन्दै उनलाई सघाउन लागिपरेका छन्। निर्वाचनमा ईश्वरको टिम नै खडा हुने भएको छ।
हाल पाेखरेलले मात्रै उम्मेदवारी घाेषणा गरेपनि बाँकी टिम पनि चाँडै सार्वजनिक गर्ने तयारी भइरहेकाे छ। महाधिवेशनको तयारीका लागि विभिन्न समितिहरु गठन गर्न गत बिहीबार बसेको एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीले पार्टीमाथि चौतर्फी हमला भइरहेको अवस्थामा आफ्नै नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन गर्दै पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्ने सांकेतिक प्रस्ताव गरेका थिए।
ओली-पोखरेल आमनेसामने हुने निश्चित भएपछि दुवै नेताले प्यानल नै बनाएर प्रतिस्पर्धा गर्ने आन्तरिक तयारी गरेका छन्। पोखरेलको प्यानलमा अहिलेका पदाधिकारीमध्ये तीन उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे तथा सचिवहरू योगेश भट्टराई र गोकर्ण विष्ट लाग्ने सम्भावना रहेको दाबी गरिएको छ।
ओलीको उक्त प्रस्तावमा नेता पोखरेलले ओलीलाई चुनौती दिँदै कार्यकारी भूमिकाबाट बिदा हुन सुझाव दिएका थिए। त्यस क्रममा अध्यक्ष ओलीले चेतावनीपूर्ण शैलीमा भीम रावल र माधव नेपालको उदाहरण दिएर पोखरेललाई पछि हटाउने प्रयास गरेका थिए।
पोखरेलले ओलीको चेतावनीयुक्त सम्झाउने प्रयासलाई बेवास्ता गर्दै आफू माधव नेपाल वा भीम रावल केही नहुने तथा लोकतान्त्रिक विधि तथा पद्धतिअनुसार महाधिवेशनमा प्रतिस्पर्धा गर्ने सोच बनाएकाले अध्यक्ष पदको दाबेदारीबाट कुनै हालतमा पछि नहट्ने जवाफ फर्काएका थिए।
ओली एमालेको नवौँ र दशौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका हुन्। ओलीसँग नवौं महाधिवेशनमा माधव नेपाल र दशौंमा भीम रावलले प्रतिस्पर्धा गरेका थिए। नवौं महाधिवेशनमा उपाध्यक्ष निर्वाचित भएका पोखरेल दशौँ महाधिवेशनमा विशेष पद सिर्जना गरेर वरिष्ठ उपाध्यक्ष बनेका थिए।
ओली-पोखरेल आमनेसामने हुने निश्चित भएपछि दुवै नेताले प्यानल नै बनाएर प्रतिस्पर्धा गर्ने आन्तरिक तयारी गरेका छन्। पोखरेलको प्यानलमा अहिलेका पदाधिकारीमध्ये तीन उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे तथा सचिवहरू योगेश भट्टराई र गोकर्ण विष्ट लाग्ने सम्भावना रहेको दाबी गरिएको छ।
उपाध्यक्ष विष्णुप्रसाद पौडेल तथा उपमहासचिव पृथ्वीसुब्वा गुरुङ भने अहिलेसम्म तटस्थजस्तै रहेका छन्। पौडेल र गुरुङ पोखरेलको समूहमा आउने पोखरेल निकट नेताहरूले दाबी गरे पनि पोखरेल समूहले यी दुवैलाई खासै रुचाएको पाइँदैन। ओलीले शंकर पोखरेललाई धेरै नै च्यापेकाले पौडेलले विकल्प खोज्ने देखिएको छ।
ओलीको पक्षमा माओवादीबाट आएर उपाध्यक्षमा थन्किएका रामबहादुर थापा बादल र गुरु बराल प्रष्ट खुलेका छन्। बादलले अब त्यही पद पाउने सम्भावना ठानेरै ओलीलाई साथ दिएका हुन्।
शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल भने ओलीतर्फ खुलेका छन्। पटक पटक सांसद हुँदासमेत आफूलाई बेवास्ता गर्दै मन्त्री नबनाइएका नेताहरूले यसपालि ओलीलाई साथ नदिने लगभग पक्का छ।
यो पनि पढ्नुस्







डिसी नेपाल







Facebook Comment