कांग्रेस विषेश महाधिवेशन पक्षधरद्वारा काठमाडौंमा विशेष भेला गर्दै

डिसी नेपाल
१० मंसिर २०८२ १०:२५
72
Shares

काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आज काठमाडौमा विशेष भेलाको आयोजना गर्दैछ। दिउसो १ बजेपछि राष्ट्रिय सभा गृह भृकुटीमण्डपमा हुनेगरी भेला आयोजना गरिएको आयोजक मध्येका नेता गुरुराज घिमिरेले जानकारी दिए। भेलामा काठमाडौं बाहिरबाट पनि सयौँको संख्यामा नेता कार्यकर्ताहरु आउने बताइएकाे छ।

जेनजी आन्दोलन लगत्तै पार्टीको सुधार र पुनर्गठन गर्नुपर्ने र त्यसका लागि चुनाव अगाडि नै महाधिवेशन गर्नु पर्ने माग गर्दै आएका नेता तथा कार्यकर्ताहरुले नियमित महाधिवेशन नहुने संभावना देखेपछि विशेष महाधिवेशनको माग गरेका हुन्। उनीहरुले विषेश महाधिवेशन माग गर्दै देशभरका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर पार्टीका कार्यवहाक सभापति पूर्णवहादुर खड्कालाई असोज २८ गते नै बुझाएका थिए।

कांग्रेसको विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले माग गरेमा ३ महिना भित्रका विशेष महाधिवेशन बोलाउनु पर्ने व्यवस्था रहेकाले पुष २८ भित्र नियमित वा विशेष महाधिवेशन गर्नुपर्ने वैधानिक बाध्यतामा कांग्रेस परेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *