बढ्यो वैदेशिक रोजगारीमा जाँदा गर्नुपर्ने मेडिकल शुल्क

डिसी नेपाल
१० मंसिर २०८२ १४:२०
200
Shares

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाँदा गर्नुपर्ने मेडिकल शुल्क बढाउन परिपत्र गरेको छ।

मन्त्रालयले बुधबार सम्पूर्ण मेडिकल व्यवासायीको नाममा परिपत्र गर्दै मेडिकल शुल्क बढाउन निर्देशन दिएको हो।

३४ प्रकारका परीक्षण गर्नेगरी नेपाल सरकारले निर्धारण गरेको शुल्क ९५०० अनिवार्य लिई मंसिर १० गतेदेखि स्वास्थ्य परीक्षण गर्न मन्त्रालयले परिपत्र गरेको छ।

पूर्वश्रममन्त्री शरदसिंह भण्डारीले भण्डारीले २०८१ मङ्सिरमा मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य परीक्षण शुल्क वृद्धि गरी ९ हजार ५०० रुपैयाँ कायम गराएका थिए। त्यतिबेला विरोधपछि शुल्क कार्यान्वयन प्रक्रिया रोकिएकोमा मन्त्रालयले मन्त्री नभएको बेला पुन: शुल्क बढाउन परिपत्र गरेको हो।

यसअघि ३ हजार ५ सय सयदेखि ६ हजार ५ सय रुपैयाँसम्म शुल्क तोकिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *