पूर्वमन्त्री पौडेलले बुझाए स्वास्थ्यमन्त्री गौतमलाई आफूले गरेको कामको विवरण

डिसी नेपाल
१० मंसिर २०८२ २२:५९
80
Shares

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा.सुधा गौतमलाई पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेलले आफूले गरेको कामको विवरण बुझाएका छन्। आज मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री गौतमलाई उनले आफ्नो पालामा गरेका कामको विवरण समेटिएको विवरण हस्तान्तरण गरेका हुन्।

सो कार्यक्रममा मन्त्री गौतमले पूर्वमन्त्री पौडेलको पालामा सुरु भएका कार्यक्रमलाई निरन्तरता दिने बताइन्। उनले गुणस्तर स्वास्थ्य, स्वास्थ्य बिमा र स्वास्थ्य उपकरण खरिद प्रक्रियालाई व्यवस्थित गराउनु रहेको समेत बताइन्।

उनले सरकार जेनजीको भावनाअनुसार चलेको समेत बताइन्। पूर्वमन्त्री पौडेलले स्वास्थ्यलाई सुधार गर्नसके मुलुककै सुधार हुने उल्लेख गर्दै सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने विषयमा ध्यान दिन आग्रह गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *