एमाले महाधिवेशन : मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल पराजित

डिसी नेपाल
१४ मंसिर २०८२ १३:५३
156
Shares

बागमती।  नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औं महाधिवेशनका लागि मकवानपुर क्षेत्र नं १ मा निर्वाचनमार्फत प्रतिनिधि चयन भएको छ।

हेटौंडामा सम्पन्न निर्वाचनमा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल पराजित भएका छन्। महाधिवेशन प्रतिनिधिका लागि अध्यक्ष पोखरेलसहित २२ जना प्रतिस्पर्धामा थिए। जसमध्ये आठ जना निर्वाचित भएका हुन्।

निर्वाचनबाट नवीन सिग्देल, फुर्वा दोर्जे लामा, सुनील मोक्तान, अणराज जर्गामगर, आरती पाठक, सीता विष्ट, विनाकुमारी थिङ र बोलबहादुर कार्की निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत सूर्यप्रसाद न्यौपानेले जानकारी दिए।

निर्वाचित सिग्देल, लामा र मोक्तान क्रमशः हेटौंडा उपमहानगरपालिका-४, १० र १५ का वडाध्यक्षसमेत हुन्। यस्तै मकवानपुर क्षेत्र नं २ बाट बलराम बल, एकालाल श्रेष्ठ, हिदम लामा, विदुर हुमागाईं, सुमित्रा काफ्ले, भगवती पुडासैनी, गीता प्रजा र रोहन लामा निर्विरोध चयन भएको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *