जेनजी विद्रोह खेर जाँदैछ, पूराना अनुहारहरु फर्किदैछन् : घनश्याम भुसाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)को विशेष राष्ट्रिय सम्मेलन आयोजक कमिटीको पहिलो बैठक सम्पन्न भएको छ।
मंसिर १४ गते बसेको नेकपा (संयुक्त) को विशेष राष्ट्रिय सम्मेलन, आयोजक कमिटीको पहिलो बैठकले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्ने र भदौ २४ गते सरकारी सम्पत्ति र निजी सम्पत्तिमा आगजनी, लुटपाट र तोडफोडमा संलग्नहरूलाई छानविन गरी दोषीमाथि कारवाही गर्न माग गर्ने प्रस्ताव पारित गरेको नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले जानकारी दिएका छन्।
साथै, हिजोको राजनीतिलाई परिस्कार गर्न, त्यसका गलत कुरालाई सुधार गर्न र नयाँ राजनीतिको बाटो बनाउनको लागि भदौ २४ गतेको विध्वंश र जेनजीहरुको माग नयाँ पानी ढलो हुन्छ भन्ने आम जनताको विचार गलत साबित भइरहेको पनि उनको भनाई छ।
उनले जनताको आक्रोस र निराशबाट जुन एउटा बिस्फोट भयो त्यो बिस्फोटबाट मुलुकले केही नपाएको भन्दै पुराना भनिएका ठूला सत्ताधारी पार्टीका तीनै अनुहारहरु जस्ताको त्यस्तै फर्किनु यो कुराको प्रमाण भएको बताए।
उनले भने, ‘जनताको आक्रोस र निराशबाट जुन एउटा बिस्फोट भयो, त्यो बिस्फोटबाट मुलुकले केही नपाउने देखिदैछ। फेरि पनि तिनै अनुहारहरु, पुराना भनिएका ठूला सत्ताधारी पार्टीका अनुहारहरु जस्ताको त्यस्तै फेरि राजनीतिमा फर्किने संकेत देखिदैछ।’
उनले ‘वर्तमान ठोस परिस्थिति र पार्टी निर्माण’ शिर्षकको प्रस्तावमाथि बैठकले विस्तृत छलफल गरेको पनि बताए।
बैठकबाट जेनजीको शान्तिपूर्ण आन्दोलनमा बर्बरतापूर्ण दमन गर्न आदेश दिने तत्कालीन सरकारका जिम्मेवार व्यक्तिहरूमाथि छानविन गरी कारवाही गर्न जोडदार माग गर्ने प्रस्ताव पनि पारित भएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment