उम्मेदवारबारे आफूखुसी प्रचार नगर्न रास्वपाको निर्देशन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारबारे सार्वजनिक टिप्पणी नगर्न नेता–कार्यकर्तालाई निर्देशन दिएको छ।
उम्मेदवारको आकांक्षी रहेको, उम्मेदवारी घोषणा गरेको, आफ्नो उम्मेदवारी पक्का भइसकेकोजस्ता टिप्पणी नगर्न रास्वपाले निर्देशन दिएको हो।
उम्मेदवार छनोट समितिका संयोजक विपिनकुमार आचार्यले पत्र जारी गर्दै पार्टीले पारित गरेको आधिकारिक रूपरेखा र विधिअनुसार मात्र उम्मेदवार छनोट हुने बताएका छन्।
उनले रुपन्देही क्षेत्र नम्बर ३ का लागि मात्रै औपचारिक रूपमा उम्मेदवार चयन भएको र अन्य क्षेत्रका लागि कुनै टुंगो नलागेको बताएका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment