लघुकथा : सन्तुलन

ईश्वर पोखरेल
२१ मंसिर २०८२ १३:५४
40
Shares

पहिले घरको काम केही गर्दैनथ्यो सलिल, अचेल गर्न थालेछ। पहिले केही काम गर्न खोज्यो भने प्रेमा भन्थिन्- “छोड्। म गर्छु। तँ पढ्।”

बिहे गरेपछि बिहानभरि सलिललाई एकछिन फुर्सदमा देखिँदैन, घरेलु कामको चापमा पर्न थालेछ।

भन्छ-“घरेलु काममा आमा र स्नेहाको हानाथाप हओस् म चाहन्न। स्नेहालाई देख्दा आमाको अनुहार खुम्चियोस्: म यो पनि चाहन्न। त्यसैले केही आमाको काम मागेको छु, केही स्नेहालाई सघाउँछु। परिवारका सदस्यहरूका बीचको सम्बन्धलाई सन्तुलनमा राख्न मेरो पनि त भूमिका हुनुपर्छ नि, होइन र?”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.