साहित्य संवाद

पात्र प्रधान सिर्जनाको गहिराइले मानव हृदय छुन सक्छ : डा. दामोदर रेग्मी

डिसी नेपाल
२७ मंसिर २०८२ ७:१८
20
Shares

डा. दामोदर रेग्मी नेपाल सरकारका पूर्वसचिव हुन्। उनले सार्वजनीक सेवाका क्षेत्रमा तीन दशक बेतित गरेका छन्। त्यसक्रममा उनी देशका कुना कन्दरा र विश्वका विभिन्न भूगोलमा पुगेका छन्। त्यसरी पुग्दा उनले विभिन्न समाज, संस्कृति, भूगोल देखेका छन्।

कतिपय घटनाक्रम उनको हृदयमा गडेर रहेका थिए। रेग्मीमा साहित्य प्रतिको अभिरुची थियो। हृदयमा गडेका विषय उनी शब्द थुङ्गामा गुथिहाल्छन्। र, ती शब्दले गीतको रुप लिन्छन्। रेग्मीले थुप्रै गीत लेखेका छन्। उनका ६ वटा गीत त बजारमा आइसकेका छन्। उनका थुप्रै लेख रचना विभिन्न सञ्चार माध्यममा प्रकाशित छन्। प्रस्तुत छ डिसी नेपालका लागि डा. रेग्मीसँग गरिएको साहित्य सम्वाद :

सेवा निवृत्त जीवन कसरी व्यतित भइरहेको छ?

सेवा निवृत्त जीवन फरक ढंकले तर नियमित रुपमा चलिरहेको छ। कार्यक्षेत्र परिवर्तन भएको छ। कार्यालय जानु परेको छैन। तर, त्यही विषयको सेरोफेरोमा संलग्न भएको छु। कतै छलफलका कार्यक्रम साथीहरूले आमन्त्रण गर्नु हुन्छ।

विभिन्न सञ्चारमाध्यमले लेखहरू लेखिदिनुपर्‍यो भन्नु हुन्छ। कुनै विषयको समीक्षा गरिदिनुपर्‍यो भन्नु हुन्छ। हिजो टेवलमा बसेर काम गरिन्थ्यो। अब बाहिर बसेर हिजोकै कामलाई भिन्न ढंगले गरिरहेको छु।

अहिले प्रेरणा जागृत गर्ने किसिमले आफ्नो ज्ञान र अनुभव अनुजहरूमा बाड्ने काम गरिराखुन भा छ?

केही सिकाइका काम भइरहेका छन्। केही उत्प्रेरणा जगाउने काम भएका छन्। बाहिर बसेपछि कमी कमजोरी पनि थाहा हुन्छ। हामीले गरेका काममा कमी कमजोरी कहाँ भए र ती कसरी सुधार्न सकिन्छ भन्ने विषयमा सुझाव दिने काम भइराछ। सुधार हामीबाट सम्भव छ। कहिले साथीको रुपमा, कहिले शिक्षकको रुपमा, कहिले लेखकका रुपमा बहुआयाममा काम गरिराछु।

यसरी पछिल्लो पुस्तालाई भेट्दा नयाँ पुस्ता कस्तो पाउनुभा छ?

नयाँ पुस्ता धेरै अगाडि छ। उसले धेरै चिज जानेको छ। हरेक चिजलाई प्रविधिसँग जोडेको छ। प्रविधिबाट उसले तत्काल रिजल्ट निकालिहाल्छ। कुनै विषय आउँदा विभिन्न ढंगबाट विश्लेषण पनि गर्छ। सिर्जनशीलताको दृष्टिले र छिटो रिजल्ट निकाल्ने दृष्टिले अहिलेको पुस्ता धेरै आशावादी छ। हामीले यो पुस्तालाई जति प्रयोग गर्न सक्यौं त्यति नै मुलुकलाई फाइँदा हुन्छ। मैले त भविष्य निकै आसावादी देखिराछु।

सेवामा हुँदा व्यस्तता बढी नै हुन्थ्यो होला। अहिले सरको साहित्य र गीत सिर्जना झागिएको पाउँछौं। साहित्यिक सिर्जनशिलता झागिए छ नी है?

थोरै त्यो पनि हो। हिजो १०-५ को समय अफिसको हुन्थ्यो। हामी त्यही ह्याङवभरमा बसेका हुन्थ्यौं। १०-५ को रुटिन नभएकाले थोरै व्यस्तता कम भएको हो। किन लेखियो भन्दा हिजो प्रशासक हुँदा पनि अनुभूति थियो। प्रशासक हुँदा विभिन्न भूगोल पुगेर जनतालाई भेटेका हुन्छौं, विभिन्न भूगोल र प्रकृतिसँग परिचित भएका हुन्छौं।

मानिसका सम्वेदन र सुखदु:खसँग परिचित भएका हुन्छौं। त्यो अनुभूतिलाई अहिले कागजमा उतारिएको, स्वर र संगीतमा ढालिएको मात्र हो। हिजोको व्यस्तताले सायद त्यो अगाडि बढ्न दिएको थिएन। अहिले त्यो अवसर मलाई प्रसस्त प्राप्त भएको छ।

तपाईंका कति गीत हामीले सुन्न पाउँछौं?

अहिलेसम्म ६ वटा गीत रेकर्ड भएका छन्। ती ६ गीत युट्युवमार्फत सुन्न पाइन्छ। चार गीतको म्युजिक भिडियो नै तयार भइसकेको छ। गीतमा आनन्द कार्की, आनी छोइङ् डोल्मा, प्रताप दास, अनु चौधरी, समीक्षा अधिकारी, मुरलीधरलगायतले स्वर/संगीत दिनु भएको छ। गीतले राम्रो प्रतिक्रिया पनि पाएका छन्।

तपाईंका शब्दमा माटो र प्रकृतिको सुभाष हुन्छ। परिवर्तनको हुटहुटी हुन्छ। तपाईंका यस्ता जीवन सिर्जना कस्तो बेला जन्मिन्छन्?

हामीसँग जुन वातावरण छ त्यसैसँग हुर्कदै जाने हो। लेख्ने हो। प्रशासक पनि यही माटोकै उपज हो। यही समाजको उपज हो। हिजो काम गर्दा अनुभूति प्राप्त भयो। अहिले लेख्ने काम गरिराछु। मैले बिहानको समयमा लेख्छु। विहान होहल्ला पनि हुँदैन। अरु कामको जिम्मेवारी पनि हुँदैन।

मैले गीत र लेख मैले बिहानकै समय लेख्ने गरेको छु। कतै घुम्न गइयो भने कुनै दृष्य वा घटना देखिएमा त्यसले मनमा एउटा कथा सिर्जना गरिदिन्छ। गीत त्यही त लेखिँदैन। त्यो घटना र वातावरणलाई सम्झेर घरमा आएर लेखिन्छ। बिहान ४/५ बजेको समयलाई शुभ मुहुर्त भनिन्छ। म लेख्न त्यही समय रोज्ने गर्छु।

तपाईंको सिर्जनामा गहिराई हुन्छ। त्यो भाव कसरी ल्याउनु हुन्छ?

हामीले लेखेका विषयका कतिपय घटना आफैँले भोगेका हुन्छन्। कतिपय अरुलाई परेको हुन्छ। त्यो घटनाको पात्र आफूलाई ठानेर मैले लेख्ने गर्छु। त्यस्तो सिर्जनाले माटो, उत्प्रेरणा र समाज परिवर्तनको विषयलाई छुन्छ। हामी यस्ता घटनासँग दिनदिनै परिचित भइरहेका हुन्छौं।

आगामी दिनमा तपाईंका नयाँ कुनै सिर्जना बजारमा आउँदैन् कि?

केही गीत लेखेको छु। गीतलाई लेख्न जति गाह्रो छ त्यसलाई स्वर र संगीतमा रुपमान्तरण गरेर म्युजिक भिडियो बनाइ बजारमा लग्न अर्को छुट्टै संसार छ। केही प्राविधिक लिमिटेशन छन्। केही आर्थिक लिमिटेशन पनि छ। गीत अहिले नै आउँछ म भन्दिनँ। तथापि गीतको यात्रामा लागेकाले कुनै न कुनै बेला आइहाल्छ।

लेखमार्फत त म हप्तामा दुई तीन दिनमा पाठक समक्ष आइरहेको हुन्छ। मेरो फेसबुकमै पनि ५० हजार जतिले हेर्ने गर्नु भएको छ। यो पाठक र शुभचिन्तकको ठूलो पुञ्ज हो। उहाँहरूको मप्रति अपेक्षा हुन्छ। त्यो अपेक्षालाई त मैले पूरा गर्नैपर्छ। अपेक्षा पूरा नगर्दा उहाँहरूसँगको मेरो सम्बन्ध टाढिन्छ। त्यो सम्बन्धलाई जीवन्त राख्ने मेरो प्रयास सदा रहन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.