प्रतिनिधि सभा पुनर्स्थापना माग गर्दै कांग्रेसका ६५ निवर्तमान सांसदको हस्ताक्षर सर्वोच्चमा

डिसी नेपाल
८ पुष २०८२ १७:५८
88
Shares

काठमाडौं । नेपाली कांग्रेसका ६५ जना निवर्तमान सांसदहरूले प्रतिनिधि सभा पुनर्स्थापनाको मागसहितको हस्ताक्षर सर्वोच्च अदालत पुगेको छ।

कूल ८७ जनामध्ये ६५ जनाको हस्ताक्षरसहित पूरक निवेदन सर्वोच्च अदालत आज दर्ता गरिएको हो।

कांग्रेसका थप सांसदहरूले हस्ताक्षर वारेस पूर्वमहान्यायाधीवक्ता खम्मबहादुर खातीमार्फत दर्ता गराएको सर्वोच्च अदालतका सहरजिस्ट्रार एवं प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए। भोलि पूरक निवेदनसहित पेसी चढ्ने उनले जनाएका छन्।

यसअघि कांग्रेसको विघटित प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरे र सचेतक सुशीला थिङसहित ८ जनाले मंसिर २३ गते सर्वोच्चमा रिट दर्ता गरेका थिए उक्त रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ।




प्रतिक्रिया

One thought on “प्रतिनिधि सभा पुनर्स्थापना माग गर्दै कांग्रेसका ६५ निवर्तमान सांसदको हस्ताक्षर सर्वोच्चमा

  1. Aba feri mauka audaina yee thug haru ko, chunab jiter au vane ramra kam garnu ko sato loot dhanda vanda aru kei janeka chhainau, yei ho lootne last chance, tei vayera samsad biutaunai paro Chattur haru oho kati lata

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.