प्रचण्डको प्रतिक्रिया- सुदनले राजीनामा गरेर राम्रै गर्नुभयो
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएर राम्रो गरेको बताएका छन्। बुधबार पार्टी कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीमाझ प्रचण्डले उक्त कुरा बताएका हुन्।
प्रश्न उठेपछि राजीनामा दिएर गृहमन्त्री गुरुङले राम्रो गरेको उनले टिप्पणी गरे। गृहमन्त्रीको राजीनामाप्रत तपाईंको प्रतिक्रिया केछ भनेर सञ्चारकर्मीले सोधेको प्रश्नमा प्रचण्डले भने, ‘उहाँले जे गर्नुभयो, राम्रो गर्नुभयो।’ विवादमा तानिएपछि गृहमन्त्री गुरुङले बुधबार पदबाट राजीनामा दिएका छन्।
आफूमाथि लागेका आरोपहरूको निष्पक्ष छानबिन होस् र सरकारको कामकारबाहीमा अवरोध नहोस् भन्ने नैतिक आधार खडा गर्दै उनले मन्त्री पदबाट बाहिरिने निर्णय लिएका थिए।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment