बाजुराको हिमाली क्षेत्रबाट देखिएको सुन्दर दृश्य (तस्बिरहरू)

डिसी नेपाल
१८ पुष २०८२ १६:३२
20
Shares

काठमाडौं। बाजुरा प्राकृतिक सौन्दर्यताले आफैँमा भरिपूर्ण छ। विकासका हिसाबले दुर्गम मानिने बाजुरा प्राकृतिक रुपमा निकै धनी छ। यहाँका नौ वटै स्थानीय तह उच्च लेकाली तथा हिमाली भूभागमा पर्छन्।

स्वर्गको टुक्रा मानिने बाजुरा साच्चिकै अथाह सम्भावना बोकेको जिल्लाको रुपमा चिनिन्छ। यहाँका हरेक गाउँवस्ती निकै विकट छन्। तर, सम्भावनाले भरिपूर्ण छन्। प्रचुर सम्भावना बोकेका तर पर्यटन प्रबर्द्धन हुन सकिरहेको छैन्।

सुन्दर डाँडापाखादेखि कहालीलाग्दा भिमकाय चट्टान, सेताम्य हिमश्रृंखला यहाँ देख्न सकिन्छ। यो बर्ष हिउँदे वर्षा र हिमपात नहुँदा अग्ला हिमालहरू पनि सुख्खा र नाङ्गा छन्।

विकासले गति नलिएको तर सम्भावनाको खानी यहाँका हरेक क्षेत्रमा यात्रा गर्दा सुन्दर दृश्य देख्न पाइन्छ। स्वर्गको टुक्रा बडीमालिकादेखि बुढिनन्दा, रानीसैन, नाटेश्वरी, कालाजग्रा, बडालेख, जाल्पादेवी, नौमुल, सुनन्दालगायत थुप्रै धार्मिक तथा पर्यटकीय स्थल बाजुरामै छन्।

यात्राका क्रममा बुढिनन्दा नगरपालिकाको हिमाली क्षेत्रबाट देखिएका नाङ्गा हिमालको सुन्दर दृश्य देख्न पाइन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *