टिकट नपाएपछि योगेश भट्टराईको लिखित ‘नोट अफ डिसेन्ट’
काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रतिनिधि सभामा टिकट वितरणको विरोधमा पार्टीमा लिखित विरोध जनाएका छन् । उनले टिकट वितरणमा नेतृत्वको निर्णयमा असहमति जनाउँदै नोट अफ डिसेन्ट दर्ता गराएका हुन् । हिजोको सचिवालय बैठकले देशका १४० क्षेत्रका उम्मेदवारहरूको टुंगो लगाएको थियो ।
हिजोको वितरणमा भट्टराइको टिकट होल्ड गरिएको थियो । ओलीले ११ औं महाधिवेशनमा आफ्नो विरोधी प्यानलमा रहेकाहरूलाई यसपटक टिकट वितरणमा इगो साँधेर टिकट नदिएको आरोप लगाइएको छ । ओलीको विरोधी प्यानलका धेरैजसो उम्मेदवारलाई यस पटक टिकट दिइएको छैन ।
भट्टराईले आइतबार पार्टी कार्यालयमा पुगेर नोट अफ डिसेन्ट दर्ता गराएको एमाले कार्यालय स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार उनले विभिन्न ४ वटा बुँदामा असहमति राख्दै नोट अफ डिसेन्ट लेखेका हुन् । टिकट वितरणमा मापदण्ड नमिलेको, प्रतिनिधिसभा उम्मेदवारमा प्रतिस्पर्धाको बेलाको पक्षधरता देखिएको, कार्यकर्तामाथि अन्याय भएको लगायतका विषय राखेर नोट अफ डिसेन्ट लेखेका छन् ।







डिसी नेपाल








Facebook Comment