काजकिरियाका लागि मुसहर परिवारलाई राहत सहयोग

डिसी नेपाल
१० माघ २०८२ २२:१२
24
Shares

सिरहा। लहान नगरपालिकाले स्थानीय दलित तथा मुसहर समुदायका चार मृतक परिवारलाई काजकिरियाका लागि राहत सामग्रीसहित आर्थिक सहयोग प्रदान गरेको छ। नगरपालिकाको नीतिअनुसार नगरप्रमुख महेशप्रसाद चौधरीले आज मृतकका घरमा पुगेर उक्त सहयोग हस्तान्तरण गरेका छन्।

राहत प्राप्त गर्नेमा लहान–५ का राजेन्द्र मेस्तर, वडा नं १७ का राजकुमार सदाय, वडा नं १८ का तिलियादेवी सदाय र चन्देश्वर सदायका परिवार छन्। नगरपालिकाका तर्फबाट प्रत्येक परिवारलाई एक क्विन्टल चामल, तीन किलो दाल, नुन, तेल र एक थान फाइबर सिरक उपलब्ध गराइएको छ। साथै मुसहर समुदायको हकमा काजकिरिया खर्चस्वरूप थप रु पाँच हजार नगद प्रदान गरिने नगर कार्यालयले जनाएको छ।

सहयोग हस्तान्तरणका क्रममा नगरप्रमुख चौधरीले मृतक परिवारप्रति समवेदना व्यक्त गर्दै नगरपालिका गरिब, विपन्न र दलित समुदायको दुःखमा सधैँ साथमा रहने प्रतिबद्धता जनाए। उनले पीडित परिवारलाई घर छाउन आवश्यक पर्ने जस्तापाता उपलब्ध गराउने आश्वासन दिए। नगरपालिकाले आगामी दिनमा पनि यस्ता असहाय र विपन्न वर्गलाई लक्षित गरी राहत तथा सहयोगका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *