समाचार र सूचनालाई विश्वसनीय बनाउन आग्रह
काठमाडौं । मिथ्या सूचनाविरुद्ध आयोजित दुईदिने सम्मेलन सम्पन्न भएको छ। सम्मेलनले समाचार र सूचनालाई थप विश्वसनीय बनाउन तथ्यलाई आधार बनाउन तथा हल्लाको पछि नलाग्न आग्रह गरेको छ।
त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग र सेन्टर फर मिडिया रिसर्च नेपाल (सिएमआर–नेपाल)ले काठमाडौंमा आयोजना गरेको सम्मेलनमा विज्ञ तथा अध्येताले प्रविधिमा भएको पहुँचले अत्यधिक मिथ्या सूचना आए पनि तिनलाई छनोट गरी तथ्यलाई मात्र विश्वास गर्न जरुरी रहेको बताए।
मिथ्या सूचनाले समाजका सबै क्षेत्रलाई प्रभावित पारेको उल्लेख गर्दै विज्ञहरुले मिथ्या सूचना विरुद्धको प्रतिकारका लागि प्रविधि र समयको गति बुझ्नुपर्ने तथा सूचना साक्षरता बढाउनुपर्ने आवश्यकता औँल्याएका छन्।
सम्मेलनमा राजनीतिशास्त्री हरि शर्माले राजनीतिलगायत सबै क्षेत्रमा मिथ्या सूचनाको प्रभाव परेको उल्लेख गर्दै आँखाले देखेको कुरासमेत सही नहुने अवस्था रहेको बताए। प्रश्न सकिए लोकतन्त्र मर्ने धारणा राख्दै उहाँले प्रश्न सकिए मिथ्या सूचनाले स्थान पाउने बताए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment