लागूऔषधसहित पाँच जना पक्राउ

डिसी नेपाल
११ माघ २०८२ २२:०१
48
Shares

मकवानपुर। जिल्लाको हेटौंडा उपमहापालिकाको विभिन्न स्थानबाट लागूऔषध खैरो हेरोइनको कारोबारमा संलग्न भएको अभियोगमा पाँच जनालाई पक्राउ गरिएको छ। उनीहरूलाई अवैध लागूऔषध खैरो हेरोइनको धुलो सात ग्राम २०० मिलीग्रामसहित आज नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पक्राउ पर्नेमा हेटौंडा उपमहापालिका–२ का २१ वर्षीय विकास परियार, हेटौंडा–४ का २१ वर्षीय विनोद ढुङ्गाना, हेटौँडा–११ का २२ वर्षीय छिरिङ लो तामाङ, हेटौंडा उपमहापालिका–१७ का २४ वर्षीय योएक्त प्रजा र प्रेमबहादुर प्रजा रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नायब उपरीक्षक पुस्कर बोगटीले जानकारी दिए।

ती अभियुक्तलाई जिल्ला अदालत मकवानपुरबाट म्याद थप गरी अनुसन्धान भइरहेको पनि उनले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *