नेप्सेमा सामान्य करेक्सन, कारोबार रकमभने वृद्धि
काठमाडौं। साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक सामान्य करेक्सनको संकेतसहित घटेको छ। अघिल्लो कारोबार दिन उच्च अंक बढेको नेप्से यस दिन अल्पकालिन लगानीकर्ताले नाफा सुरक्षित गर्दा परिसूचक ३.०७ अंक घटेर २७६९.०९ विन्दुमा बन्द भएको छ।
यसदिन सेन्सेटिभ इण्डेक्स १.६५ अंक, फ्लोट इण्डेक्स ०.२१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५२ अंक घटेको छ। यद्यपि, बजारमा कारोबार रकम भने बढेको छ।
सोमबार ३३२ स्टकको १ लाख ४७ हजार ६७६ पटकको कारोबारमा १६ अर्ब ३५ करोड ५७ लाख ३० हजार रुपैयाँबराबरको ३ करोड ६२ लाख ६४ हजार कित्ता शेयर किनबेच भएको छ।
यसदिन एसवाई प्यानल नेपाल, हिम स्टार उर्जा कम्पनी, सान्भि इनर्जी, सप्तकोशी डेभलपमेन्ट बैंक र माउन्टेन हाइड्रो नेपालका शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन्। त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य करिब १० प्रतिशत र ट्रेड टावरको शेयर मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।
यसदिन हिमालयन पावर पार्टनर कम्पनीको शेयर सबैभन्दा धेरै कारोबार भएको छ। जसको सोमबार ६५ करोड ९३ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको हो। आँखु खोला जलविद्युत कम्पनीको शेयर कारोबार ५६ करोड रुपैयाँभन्दा बढी र मञ्जुश्री फाइनान्सको कारोबार ५२ करोड रुपैयाँ नाघेको छ।
आज १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। सर्वाधिक बढेको होटल तथा पर्यटन उपसमूहको परिसूचक १.६७ प्रतिशतले उक्लिएको छ। त्यस्तै, जलविद्युत, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहमा पनि सामान्य बढोत्तरी देखिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment