ईभी गाडी र मोटरसाइकल दुर्घटनामा, एक जनाको मृत्यु

डिसी नेपाल
१२ माघ २०८२ १७:२८
1.8k
Shares

कर्णाली । सुर्खेतको वीरेन्द्रनगरमा ईभी गाडीसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ।

वीरेन्द्रनगर नगरपालिका-३ लाटीकोइलीका ४२ वर्षीय पदमबहादुर बिसीको उपचारका क्रममा सोमबार कर्णाली प्रदेश अस्पातलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढ्थापाले जानकारी दिए।

सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको क.प्र.०२००१ ज.०६२३ नंको इभी गाडीसँग विपरीत दिशाबाट बिसीले चलाएको भे.६ प.३३२१ नंको मोटरसाइकल ठोक्किएको थियो।

घटनास्थलबाट ईभी गाडी चालक वीरेन्द्रनगर नगरपालिका-७ का ४४ वर्षीय बालकृष्ण रिजाललाई नियन्त्रण लिएर प्रहरीले अनुसन्धान थालिएको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *