सैनिक मञ्चको दक्षिण चौरमा २ करोड ७० लाख रुपियाँ खर्च गरेर वरमुढा ग्रास रोपिँदै

डिसी नेपाल
१३ माघ २०८२ ११:४५
52
Shares

काठमाडौं। सैनिक मञ्चबाट दक्षिणतर्फको चौरलाई सर्वसाधारणको प्रयोग सहज बनाउन काठमाडौं महानगरपालिकाले बरमुढा ग्रास रोप्ने भएको छ।

अहिले यो ठाउँ युवा र बालबालिकाहरुका लागि खेल खेल्ने र ज्येष्ठ नागरिकहरुका लागि आराम गर्ने, घाम ताप्ने स्थलका रुपमा उपयोग भएको छ। समय समयमा सार्वजनिक कार्यक्रम पनि यस चौरमा हुने गरेका छन्। सर्वसाधारणले उपयोग गर्ने यो ठाउँमा धुलो उड्ने, पानीमा हिलो हुने अवस्थामा सुधार ल्याएर प्रयोग सहजताका लागि ग्रास रोप्ने योजना कार्यान्वयन गर्न लागिएको हो।

६१ हजार २६३ वर्गमिटर यो चौरमा काम गर्नका लागि २ करोड ७० लाख रुपियाँ खर्च लाग्नेछ। बोलपत्रमार्फत छनोट भएको निर्माण पक्षलाई २०८३ मंसिर मसान्तसम्मको समय दिइएको छ।

सार्वजनिक निर्माण विभागका वरिष्ठ इञ्जिनियर अर्जुन अर्यालका अनुसार यहाँ जमिनको सतह सम्याएर ३ इञ्च मलिलो माटो राखिनेछ । यसमाथि घाँस रोपिनेछ । चौरमा ६ मिटर गहिराई र १ दशमलव २ मिटर व्यासका ८ वटा आकाशे पानी संकलन पिट हुनेछन्।

यसबाट खुला ठाउँमा सर्वसाधारणको सहज पहुँच वृद्धि, सामाजिक अन्तरघुलन, वातावरणीय सुधार र सहरी सुन्दरतामा वृद्धि हुने अपेक्षा गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *