भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियरविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियरविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
चितवनको भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर भरतकुमार आचार्यविरूद्ध अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
उनले पदीय मर्यादा विपरीतका कार्य स्रोत नखुलेको सम्पत्ति आर्जनको अख्तियारले दायर गरेको मुद्दामा उल्लेख छ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार उनीविरुद्ध ६ करोड ७८ लाख ९१ हजार १५ रूपैयाँ बिगो माग दावी गर्दै मुद्दा दर्ता गरिएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment