सरकारले चिनियाँ लामालाई हटायो

डिसी नेपाल
१४ माघ २०८२ १३:५६
1.1k
Shares

काठमाडौं । गुठी संस्थानले बौद्धका चिनियाँ लामालाई हटाएको छ । संस्थानले विभिन्न अनियमिततामा मुछिएको र पदीय आचरणविपरीत काम गरेको आरोप लगावऊदै बौद्ध तथा मेलम्ची घ्याङ गुठीका प्रमुख भूपति बज्र लामालाई हटाएको हो ।

यसअघि भूमि व्यवस्थामन्त्री डा. कुमार इङ्नामले भूपतिबज्र ५ करोड रकम घुस दिएर चिनियाँ लामा नियुक्त भएको सार्वजनिक आरोप नै लगउाएका थिए । उनले आफूकहाँ उजुरी परेको भन्दै छानबिन गरेर निर्णय गर्न गुठी संस्थानलाई निर्देशन दिएका थिए । गुठी संस्थानको गत शुक्रबारको बैठकले भूपति बज्र लामालाई पदमुक्त गर्ने निर्णय गरेको हो ।

गुठी संस्थानले उनीमाथि गुठी जग्गाको संरक्षण नगरेको, गुम्बाको उचित व्यवस्थापन नगरेको, गुम्बामा नबसेको तथा पदीय आचरणविपरीत काम गरेको भन्ने आरोप लगाएको छ । पदमुक्त गर्नुअघि उनलाई संस्थानले स्पष्टीकरण सोधेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.