ट्राफिक प्रहरी कार्यालयलाई कम्प्युटर र प्रिन्टर

डिसी नेपाल
१४ माघ २०८२ २१:११
20
Shares

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई रोटरी क्लब अफ नागार्जुनले तीन थान कम्प्युटर र एक थान प्रिन्टर उपलब्ध गराएको छ।

क्लबले उपत्यका ट्राफिक प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीलाई सो सामग्री औपचारिक रूपमा हस्तान्तरण गरेको हो।

उपत्यका ट्राफिक प्रहरी कार्यालयको दैनिक प्रशासनिक कार्य, सूचना व्यवस्थापन तथा नागरिकलाई प्रदान गरिने सेवामा सहजता ल्याउने उद्देश्यका साथ उक्त सामग्री हस्तान्तरण गरिएको रोटरी क्लब अफ नागार्जुनले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *