कविता : एउटै इच्छा
मलाई थाहा छ
म मर्नेछु कुनै दिन
जसरी म जन्मेको थिएँ कुनै दिन।
मेरो एउटै इच्छा यो छ कि
मेरो मृत्युपछि
कुनै झण्डा नओढाइयोस् मेरो लाशमाथि
जसरी म जन्मेको थिएँ
कुनै झण्डा नओढिकनै।
म केवल जन्मेको थिएँ मान्छे भएर
अनि
मर्न चाहन्छु मान्छे नै भएर।
देवदह-४, रुपन्देही
प्रतिक्रिया
















Facebook Comment