काठमाडौंमा लुटपाटमा संलग्न १० जनालाई प्रहरीले गर्‍यो सार्वजनिक

डिसी नेपाल
१५ माघ २०८२ १७:०९
1.1k
Shares

काठमाडौं । काठमाडौंको मूलपानी क्षेत्रमा लुटपाटमा संलग्न रहेका १० लुटेरालाई प्रहरीले पक्राउ गर्दै सार्वजनिक गरेको छ।

उनीहरूलाई प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंले आज पत्रकार सम्मेलन गर्दै उनीहरूलाई सार्वजनिक गरेको हो।

पक्राउ पर्नेहरूमा काभ्रेको भुम्लु गाउँपालिका–३ घर भएका २३ वर्षीय विनय तामाङ, सिन्धुली मरिण गाउँपालिका–५ का २४ वर्षीय आयन माझी, मरिण ७ का ३२ वर्षीय सविन माझी, खोटाङ ज्वलेर्समा काम गर्ने मोरङ पथरीका २३ वर्षीय मनिस रमाइली, काभ्रेको चौरी देउरालीका १ का २९ वर्षीय पेमा तामाङ रहेका छन्।

यस्तै चौरी देउराली १ कै २० वर्षीय सलोन तामाङ, काभ्रेको भुम्लु १ का १८ वर्षीय राजिब भण्डारी, रामेछापको दोरम्भा ८ का ३२ वर्षीय बिशाल तामाङ, खोटाङ घर भएका सुनचाँदी कालिगढ २८ वर्षीय बिदुर विश्वकर्मा र सिन्धुपाल्चोकको लिसंखुपाखर ३ का २९ वर्षीय फुर्वा तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

उनीहरूले मूलपानी क्षेत्रमा रातिको समयमा एक्लै हिँड्ने व्यक्तिहरूलाई लुटपाट गर्दै आएका थिए। उनीहरूलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *