फर्निचर उद्योगमा आगलागी

डिसी नेपाल
१५ माघ २०८२ २१:३४
1.5k
Shares
भक्तपुर । भक्तपुरको एक फर्निचर आगलागी हुँदा रु ३५ लाख बराबरको सामान नष्ट भएको छ ।
सूर्यविनायक नगरपालिका–९ स्थित भातेढिकुरस्थित भक्तपुर नगरपालिका–३ का रामकृष्ण शिल्पकारले सञ्चालन गर्दै आएको फर्निचर उद्योगमा आगलागी हुँदा ३५ लाख ८० हजार बराबरको सामान क्षति भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए।
आगलागीबाट फर्निचर उद्योगसँगै रहेको सुवास लिम्बूले सञ्चालन गरेको खाजा पसल तथा मैना तामाङको गलैँचाको तानमा आगलागीबाट क्षति भएको प्रहरीको भनाइ छ।
जुद्ध बारुण यन्त्र भक्तपुरको दमकल, प्रहरी र स्थानीयले तीन घण्टा लगाएर आगलागी नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ।

No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *