बसको ठक्करबाट चितवनमा पैदलयात्रीको मृत्यु

डिसी नेपाल
२० माघ २०८२ १८:५६
404
Shares

चितवन । चितवनमा बसको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ।

चितवनको इच्छाकामना गाउँपालिका-४ केवलकार गेटअगाडि सडकमा बसको ठक्करबाट गोरखाको सहिद लखन गाउँपालिका-२ बस्ने ३३ वर्षीय जीवन परियारको मृत्यु भएको छ।

उनलाई धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ ख ३३६८ नम्बरको बसले ठक्कर दिएको प्रहरीले जनाएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा मंगलबार मृत्यु भएको हो।

प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *