कवि तथा साहित्यकार कवीन्द्र सिटौलाको दोस्रो गीत सार्वजनिक

डिसी नेपाल
२४ फागुन २०८२ १८:२४
144
Shares

अमेरिका। अमेरिकामा बसोबास गर्दै आएका कवि तथा साहित्यकार कवीन्द्रराज सिटौला “जिज्ञासु” ले आफ्नै जन्मोत्सवको पावन अवसर पारेर आज आफ्नो दोस्रो गीत मेरी आमा “Meri Aama” सार्वजनिक गरेका छन्।

आमा प्रतिको असीम श्रद्धा, प्रेम र कृतज्ञताको भाव बोकेको उक्त गीत उहाँले यस संसारबाट दिवंगत हुनुभएका सम्पूर्ण पूज्य आमाहरूको पवित्र आत्मालाई तथा आज जीवित रहेका सबै आमाहरूको मन र भावनालाई समर्पण गरेको बताएका छन्।

भावनात्मक संवेदनाले भरिएको यो गीतमार्फत आमाको माया, त्याग र करुणालाई स्मरण गर्दै कवि सिटौलाले आमा प्रतिको सम्मान र कृतज्ञताको सन्देश फैलाउने प्रयास गरेका छन्।

यसअघि उनले आफ्नो पहिलो गीत “Sansarkai Khusi Jaati Hami” पनि सार्वजनिक गरेका थिए, जसले दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया प्राप्त गरेको थियो।

हो…. हो….हो….

मेरी आमा…

मेरी मुमा…

प्रेमको अनन्त लोकदेखि

मलाई माया गर्ने

मेरी आमा…

 

मेरो अस्तित्व यो धर्तीमा

आउनुभन्दा धेरै अघि

अथाह प्रेम र करुणाले भरिएको

भावनाको लोकदेखि…

मलाई माया गर्नु हुने

आफ्नो गर्भमा आश्रय दिनु हुने

निस्वार्थ मायाले भरिएको

मेरी प्यारी आमा।

 

उहाँको काख मेरो जीवनको

पहिलो निन्द्राको ओछ्यान बन्यो

उहाँको अँगालोले

मेरो संसार सुरक्षित बन्यो

मेरी आमा… मेरी मुमा…

तिमी नै मेरो संसार….

तिम्रो काखमा पाएँ मैले

मायाको पहिलो आधार।

 

मेरी आमा… मेरी मुमा…

तिमी नै जीवनको ज्योति

तिम्रो प्रेमको उज्यालोले

भरियो मेरो जीवनको रोशनी

मेरो हाँसो, बोलाइ र रुवाइमा

तिमी सधैँ रमाइरह्यौ

गालामा चुमेर

मायाको भाषा सिकायौ।

 

मेरो पहिलो स्पन्दन तिमी

मेरो पहिलो स्पर्श तिमी

जीवनको पहिलो अनुभूति

मेरो पहिलो खुशी तिमी

हो…. हो….हो….हो

मेरी आमा… मेरी मुमा…

तिमी नै मेरो संसार

तिम्रो काखमा पाएँ मैले

मायाको पहिलो आधार।

 

मेरो पहिलो डाक्टर तिमी

मेरो पहिलो गुरु

जीवनका सबै पाठहरू

तिमीबाटै सुरु

 

लड्दा उठ्न सिकायौ

डर बिना हिँड्न सिकायौ

प्रत्येक स्वासमा प्रेम राखेर

जीवनसँग नाच्न सिकायौ।

 

आँखा खोलेर हेर्दा पनि

आँखा बन्द गर्दा पनि

मेरो हरेक धड्कनमा

आमा….

तिमी नै भेटिन्छौ

 

मेरो हरेक खुशीमा

मेरो हरेक पीडामा

तिमी सधैँ साथमा

मलाई अँगालो हालेर

 

मेरी आमा… मेरी मुमा…

तिमी नै मेरो संसार….

तिम्रो मायाको आकाशमा

म उड्ने एउटा पखेटा।

 

जहाँ आमा हुनुहुन्छ

त्यहीँ मेरो संसार

जहाँ म छु

त्यहीँ तिमीको प्यार।

 

धन्य मेरी आमा…

पुण्य मेरी मुमा…

मेरी आमा…

मेरी मुमा…

धन्य मेरी मुमा…

मेरी आमा…

मेरी मुमा…।

“Sansarkai Khusi Jaati Hami” ;

अमेरिकास्थित कवि कविन्द्र सिटौलाद्वारा ‘संसारकै खुसी जाति हामी’ गीत सार्वजनिक

 

कविका साहित्यिक अभिलेखहरू VoiceOfKabin YouTube pageमा हेर्न सकिनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.