सवारी दुर्घटनामा एक जनाको मृत्यु
इनरुवा (सुनसरी) । सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरी विष्णुपुर गाउँपालिका–२ का २८ वर्षीय अमरलाल साह रहेको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए।
पूर्वपश्चिम राजमार्गअन्तर्गत इनरुवाबाट कोसी ब्यारेजतर्फ जाँदै गरेको स१च ९२१ नम्बरको स्कोर्पियोले विपरीत दिशाबाट आउँदै गरेको मधेस प्र.०६–००१ प ०९५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक साह र पछाडि सवार २६ वर्षीया पुष्पा साह गम्भीर घाइते भएका थिए।
गम्भीर घाइते हुनुभएका अमरलालको उपचारका क्रममा मृत्यु भएको प्रनाउ खड्काले जानकारी दिए। गम्भीर घाइते हुनुभएका पुष्पालाई थप उपचारका लागि गोल्डेन अस्पताल विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
स्कोर्पियो र चालक सप्तरी बोधेबर्साइ नगरपालिका–६ का २६ वर्षीय रञ्जित चौधरी जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको छ।







डिसी नेपाल







Facebook Comment