करेन्ट लागेर एक प्राविधिकको मृत्यु

डिसी नेपाल
३१ वैशाख २०८३ २२:५२

कृष्णनगर (कपिलवस्तु)। यहाँको शिवराज नगरपालिका–३ खरेन्द्रपुरमा इन्टरनेट लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर एक प्राविधिकको मृत्यु भएको छ।

इन्टरनेट लाइन मर्मत गर्ने क्रममा पञ्चकन्या जेविएम केबुल नेट चन्द्रौटामा कार्यरत प्राविधिक लेखु थापाको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए।

प्रहरीका अनुसार पाल्पाको रिब्दीकोट गाउँपालिका–८ स्थायी घर भएका थापा हाल शिवराज नगरपालिका–३ मदवामा बस्दै आउनुभएको थियो। करेन्ट लागेपछि थापा गम्भीर घाइते भएका थिए।

स्थानीयवासी र सहकर्मीले तत्काल उद्धार गरी उपचारका लागि बुद्ध पोलिक्लिनिक खरेन्द्रपुर पुर्‍याएका थिए। त्यहाँ सामान्य उपचारपछि अवस्था गम्भीर देखिएपछि थप उपचारका लागि बुटवल पठाइएको थियो।

बुटवलस्थित अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी उपरीक्षक आचार्यले बताए। घटनापछि मृतकका परिवार तथा आफन्तले घटनाको सत्यतथ्य छनबिनको माग गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *