प्युठानमा भ्यान दुर्घटना, दुई जनाको मृत्यु

डिसी नेपाल
१ जेठ २०८३ १५:४१

प्युठान । प्युठानमा मारुती भ्यान दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ।

प्युठान–दाङ सडकखण्ड अन्तर्गत माण्डवी गाउँपालिका–१ देविस्थानमा लुप्र ०२–००१ ज ०१०४ नम्बरको भ्यान दुर्घटना हुँदा दुई जनाको निधन भएको प्रहरीले जनाएको छ।

भ्यान सडकबाट करिब दुई सय मिटर तल खसेकोमा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ।

प्रहरी सहायक निरीक्षक रोशन पुनका अनुसार मृतकको पहिचान अझै खुल्न सकेको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *