फेवातालमा फसेका दुई जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

डिसी नेपाल
२ जेठ २०८३ २२:१८

कास्की । कास्की जिल्लाको पोखरा महानगरपालिका–६ पामेस्थित फेवातालमा अचानक आएको हावाहुरी र छालको कारण बीच भागमा अलपत्र परेका २ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।

अचानक आएको हावाहुरीको कारण कायकिङ्ग गर्ने क्रममा उनीहरु सो तालको बीच भागमा फसेका थिए। उनीहरु तालमा फसेको भन्ने जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट फेवा रेस्क्यु टावरमा खटिएको सशस्त्र प्रहरी सहायक निरीक्षक सिता पोखरेलको कमाण्डको टोलीले उनीहरुको सकुशल उद्धार गरेको हो।

उद्धार गरिएकाहरुमा काठमाडौंको सिनामंगल बस्ने ३४ वर्षीय अनुज पुरी र २८ वर्षीया सिवानी खड्का रहेका छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *