कार दुर्घटनामा चालकको मृत्यु

डिसी नेपाल
३ जेठ २०८३ १७:०१

त्रिवेणी (नवलपरासी)। पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिका–८, खरकट्टा जङ्गल क्षेत्रमा आज कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु१च ३५२३ नम्बरको कार अनियन्त्रित भई पल्टिएको थियो।

दुर्घटनामा कार चालक महोत्तरीको मटिहानी नगरपालिका–३ का ६० वर्षीय श्रीनारायण यादवको मृत्यु भएको प्रहरी नायब उपरीक्षक पण्डितले बताउनुभयो।

दुर्घटनामा परी गम्भीर घाइते भएका यादवको उपचारका क्रममा मध्यबिन्दु प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *