कुल २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट: पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब (पूर्णपाठ)

डिसी नेपाल
१५ जेठ २०८३ १८:०३

काठमाडाैं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट घोषणा गरेका छन्।

उनले सार्वजनिक गरेको बजेटको कुल विनियोजनमध्ये चालुतर्फ १२ खर्ब ७० अर्ब रुपैयाँ, पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब रुपैयाँ र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब रुपैयाँ विनियोजन गरिएको बताएका छन्।

यसैगरी, बजेटको स्रोत व्यवस्थापनतर्फ आगामी आर्थिक वर्षमा १४ खर्ब ४ अर्ब रुपैयाँ राजस्व संकलन हुने अनुमान अर्थमन्त्री वाग्लेले गरेका छन्।

बाँकी स्रोतका लागि वैदेशिक अनुदानतर्फ ६१ अर्ब ७४ करोड रुपैयाँ र वैदेशिक ऋणतर्फ २ खर्ब ४७ अर्ब रुपैयाँ जुटाइने उनले बताएका छन्। यसका साथै, अपुग हुने रकम आन्तरिक ऋणतर्फबाट ४ खर्ब १० अर्ब रुपैयाँ उठाइने घोषणा समेत उनले गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *