राहुघाट जलविद्युत् आयोजना यसै वर्ष सञ्चालन गरिने

डिसी नेपाल
१५ जेठ २०८३ २०:००

म्याग्दी । सरकारले नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनालाई आगामी आर्थिक वर्षभित्र सञ्चालन गर्ने घोषणा गरेको छ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले आज सङ्घीय संसद्को बैठकमा आगामी आर्थिक २०८३/८४ को बजेट सार्वजनिक गर्दै म्याग्दीमा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनालाई सञ्चालनमा ल्याउन लागिएको जानकारी दिए।

भारतीय आयात निर्यात (एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपीसी) प्रारुपमा रघुगङ्गा गाउँपालिकामा २०६६ सालदेखि राहुघाट जलविद्युत् आयोजना निर्माण सुरु भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *