रास्वपा सुनसरीको सभापतिमा सागर दाहाल र उपसभापतिमा राजेशमान श्रेष्ठ निर्वाचित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनसरीको प्रथम जिल्ला अधिवेशनबाट सभापति पदमा सागर दाहाल निर्वाचित भएका छन् । दाहालले १४२ मत प्राप्त गरेर सभापति पदमा निर्वाचित भएका हुन् ।
दाहालका निकटतम प्रतिद्वन्द्वीहरू कृष्ण रौनियारले ७४ मत, मोहन निरौलाले ६२ मत र चक्र विष्टले १० मत प्राप्त गरेका छन् ।
त्यसैगरी, उपसभापति पदमा राजेशमान श्रेष्ठ १९७ मत प्राप्त गर्दौ निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी देवीका भण्डारीले ७४ मत मात्र प्राप्त गरिन् ।
सचिव पदमा राजाराम कुमार मेहता र सहसचिव पदमा योगेन्द्र गिरी निर्विरोध निर्वाचित भएका हुन् ।
जिल्ला सदस्यहरूमा लक्ष्मी सुवेदी २०९ मत, राज कुमारी मेहता १६९ मत, धरमवीर आर्य ११२ मत, रेणुका हरिजन १०९ मत र गोकुल थापा १०७ मत निर्वाचित भएका छन् ।







डिसी नेपाल







Facebook Comment