सुनको मूल्यमा लगातार भारी गिरावट, दुई दिनमै तोलामा १५ हजार रुपैयाँभन्दा बढीले घट्यो

डिसी नेपाल
२८ जेठ २०८३ ११:०२

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य लगातार ओरालो लाग्दै भारी गिरावट आएको छ। बुधबार प्रतितोला १० हजार १०० रुपैयाँले घटेको छापावाल सुनको मूल्य बिहीबार पनि थप ५ हजार १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यससँगै बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ७०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन बुधबार सुन प्रतितोला २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार यसको मूल्य ३ लाख १ हजार ९०० रुपैयाँसम्म पुगेको थियो।

लगातार दुई दिनको गिरावटसँगै सुनको मूल्यमा कुल १५ हजार रुपैयाँभन्दा बढीको कमी आएको छ।

यसैगरी चाँदीको मूल्य पनि घटेको छ। बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला ९० रुपैयाँले घटेर ४ हजार ६५० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ। बुधबार चाँदी प्रतितोला ४ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार यसको मूल्य ४ हजार ९२५ रुपैयाँ थियो।

पछिल्ला दिनहरूमा सुनचाँदी बजारमा देखिएको तीव्र उतार–चढावले लगानीकर्ता र उपभोक्ताबीच चासो बढाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *