डिगो बन्यो नेपालकै पहिलो आधिकारिक लाइसेन्सप्राप्त ओटीटी प्लेटफर्म, बजारमा पकड बलियो बनाउँदै

डिसी नेपाल
९ असार २०८३ १७:०६

काठमाडौं। डिशहोम डिजिटल प्रा.लि. अन्तर्गत सञ्चालित डिगो ओटीटी नेपालकै पहिलो आधिकारिक ओटिटि लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बनेको छ।

नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना तथा प्रसारण विभागबाट प्रचलित राष्ट्रिय प्रसारण नियमावलीबमोजिम डिगोले ओटीटी प्रसारण सेवासम्बन्धी आवश्यक इजाजत पत्र प्राप्त गरेको हो। यो इजाजतसँगै कम्पनीले नेपालको कानुनी तथा नियामकीय व्यवस्थाअनुरूप आधिकारिक रूपमा आफ्नो सेवा सञ्चालन गरिरहेको तथ्यलाई थप पुष्टि गरेको छ।

विश्वव्यापी ओटीटी स्ट्रिमिङ अधिकारसहित सञ्चालनमा आएको डिगोले नेपालको डिजिटल मनोरञ्जन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा थप सशक्त बनाउँदै लगेको छ। सदस्यतामा आधारित यस डिजिटल स्ट्रिमिङ प्लेटफर्मले चलचित्र, वेब सिरिज, टेलिभिजन कार्यक्रम, प्रत्यक्ष प्रसारण, खेलकुद, वृत्तचित्र तथा बाल सामग्रीलगायतका विविध गुणस्तरीय सामग्रीहरू सुरक्षित र सहज माध्यमबाट दर्शकमाझ उपलब्ध गराउँदै आएको छ।

डिशहोम डिजिटलसँग रहेको आधिकारिक विश्वव्यापी अधिकारले अन्तर्राष्ट्रिय मापदण्डअनुरूप डिजिटल सामग्री वितरण गर्ने कम्पनीको क्षमता र विश्वसनीयतालाई प्रस्ट्याएको छ, जसले नेपाली ओटीटी बजारलाई विश्वव्यापी मञ्चसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ।

आधिकारिक इजाजत र विश्वव्यापी स्ट्रिमिङ अधिकार प्राप्त गर्नु नेपाली डिजिटल मनोरञ्जन उद्योगकै लागि एउटा ठुलो उपलब्धि मानिएको छ। यसले डिशहोम डिजिटल प्रा. लि. लाई अन्तर्राष्ट्रिय बजारमा एक सक्षम संस्थाका रूपमा स्थापित गरेको छ भने डिगो ओटीटीलाई चलचित्र, खेलकुद र प्रत्यक्ष प्रसारणका लागि अग्रणी नेपाली प्लेटफर्मको रूपमा बलियो बनाएको छ।

आगामी दिनमा पनि अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रयोगकर्ता अनुभव र अन्तर्राष्ट्रिय साझेदारीमार्फत दर्शकलाई विश्वस्तरीय मनोरञ्जन सेवा प्रदान गर्दै डिगोलाई विश्वस्तरमा प्रतिस्पर्धी बनाउने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *