कुमारी बैंक र नेशनल पाथ ल्याबबीच समझदारी: ग्राहकले १० प्रतिशतसम्म छुट पाउने

डिसी नेपाल
११ असार २०८३ १५:४९

काठमाडौं। कुमारी बैंक लिमिटेड र नेशनल पाथ ल्याब एण्ड रिसर्च सेन्टर लिमिटेड, टङ्गाल–काठमाडौँबीच बैंकका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ। यस समझदारी अनुसार नेशनल पाथ ल्याबबाट प्रदान गरिने विभिन्न प्रयोगशाला तथा परीक्षण सेवाहरूमा कुमारी बैंकका डेबिट/क्रेडिट कार्ड वाहक र कुमारी स्मार्ट मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले १० प्रतिशतसम्मको विशेष छुट प्राप्त गर्न सक्नेछन्।

विगत २५ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना ग्राहक वर्गलाई सुरक्षित, भरपर्दो र उच्चस्तरीय सेवा उपलब्ध गराउँदै आएको छ। हाल बैंकको देशभर २८६ शाखा सञ्जाल, ३०४ एटीएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४० शाखा रहित बैंकिङ्ग इकाइहरू सञ्चालनमा रहेका छन्।

ग्राहकहरूको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै बैंकले यसअघि पनि मेदान्ता, इन्द्रप्रस्थ एपोलो लगायत देश तथा विदेशका प्रतिष्ठित अस्पतालहरूसँग विशेष छुटसम्बन्धी सम्झौताहरू सम्पन्न गरिसकेको छ, जसले गुणस्तरीय स्वास्थ्य सेवामा ग्राहकहरूको सहज र प्रभावकारी पहुँच सुनिश्चित गरेको छ। बद्लिँदो समयसँगै समन्वय गर्दै सेवामा निरन्तर सुधार र थप सुविधा विस्तार गर्ने आवश्यकतालाई आत्मसात् गर्दै बैंकले आगामी दिनहरूमा अझ व्यापक र सुलभ सेवाहरू सुनिश्चित गर्ने अठोट व्यक्त गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *