सुनको मूल्यमा गिरावट: एकैदिन तोलामा ४ हजार ५ सय रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो
काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्यमा पुनः तीव्र गिरावट आउन थालेको छ। हप्ताको दोस्रो दिन सोमबार सामान्य अंकले ओरालो लागेको सुनको मूल्य तेस्रो दिन मंगलबार भने ह्वात्तै घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य प्रति तोलामा एकैपटक ४ हजार ५ सय रुपैयाँले घटेको हो।
यो ठूलो गिरावटसँगै बजारमा मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ७७ हजार ९ सय रुपैयाँमा झरेको छ। यसअघि सोमबार पनि सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै मंगलबार चाँदीको मूल्यमा पनि गिरावट आएको महासंघले जनाएको छ। मंगलबार चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर प्रतितोला ४ हजार २ सय ८५ रुपैयाँ कायम भएको छ।
यसअघि सोमबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले ओरालो लाग्दै प्रतितोला ४ हजार ३ सय १० रुपैयाँमा कारोबार भएको थियो।
पछिल्ला दुई दिनदेखि लगातार भइरहेको यो गिरावटले सुनचाँदी खरिद गर्ने सोचमा रहेका उपभोक्ताहरूलाई केही राहत मिलेको छ भने अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावकै कारण स्थानीय बजारमा पनि यसको प्रत्यक्ष असर देखिएको व्यवसायीहरू बताउँछन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment