आँसुका साथ अर्जेन्टिनी प्रशिक्षक लियोनेल स्कालोनीले गरे पद छाड्ने संकेत
काठमाडौं । फिफा विश्वकप २०२६ को सनसनीपूर्ण फाइनलमा स्पेनसँग १-० ले पराजित भएपछि अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले खेलपछिको पत्रकार सम्मेलनमा आफ्नो भविष्यबारे बोल्दै गर्दा आँसु थाम्न सकेनन्।
सन् २०२२ को कतार विश्वकपमा अर्जेन्टिनालाई च्याम्पियन बनाएका ४८ वर्षीया स्कालोनीसामु इतिहासमै लगातार दोस्रो पटक विश्वकप उपाधि रक्षा गर्ने दोस्रो प्रशिक्षक बन्ने सुनौलो अवसर थियो। तर, युरोपेली च्याम्पियन स्पेनका लागि अतिरिक्त समयमा फेरान टोरेसले निर्णायक गोल गरेपछि प्रशिक्षक लुइस डे ला फुएन्टेको टोलीले विश्वकपको ट्रफी उचाल्न सफल भयो।
आउँदो डिसेम्बरमा अर्जेन्टिनी फुटबल संघसँगको सम्झौता सकिन लागेका स्कालोनीलाई जब उनको भविष्यबारे प्रश्न सोधियो, उनी निकै भावुक बनेका थिए। उनले भावुक भएर आफ्नो भविष्यबारे बोल्दै भने ‘मलाई थाहा छैन म अगाडि बढ्न सक्छु वा सक्दिनँ ।’
स्कोलागीले अगाडि भने ‘म संघका अध्यक्षसँग कुरा गर्नेछु। मैले के गर्ने भन्नेबारे मेरो मनमा एउटा सोच त छ। म सम्झौता अवधिसम्म रहनेछु, तर अब फेरि यति ठूलो सफलता दोहोर्याउन सकिन्छ वा सकिँदैन भन्नेमा म दोधारमा छु। हामीले यसबारे गम्भीर छलफल गर्नुपर्छ।’
उनले थपे, ‘मलाई यो स्थानमा पुग्ने अवसर दिएकोमा अध्यक्षप्रति आभारी छु। यो टोली सबैका लागि एउटा ड्रिम टोली (सपनाको स्थान) थियो। म र मेरा सहयोगी स्टाफ तथा खेलाडीहरूले अन्तिम मिनेटसम्म आफ्नो शतप्रतिशत दिने प्रयास गर्यौँ। मलाई लाग्छ, अब मैले आफ्नो भविष्यबारे सोच्न केही समय लिनु न्यायोचित हुनेछ।’
पत्रकार सम्मेलनमा आँसु पुछ्दै भावुक मुद्रामा स्कालोनीले भने, ‘मलाई अलि समय दिनुहोस्, मलाई थाहा छैन म यसपछि पनि जारी राख्न सक्छु वा सक्दिनँ।’
आफ्नो प्रशिक्षण यात्रा र आगामी चुनौतीबारे बोल्दै स्कालोनीले भने ‘यो स्थान साँच्चै अद्भुत र सपना जस्तै छ। म वा मेरा सहयोगी स्टाफ कसैले पनि हामी यो उचाइमा पुग्छौँ भनेर कल्पना सम्म गरेका थिएनौँ। तर, यो यात्रालाई निरन्तरता दिन धेरै कुराहरू मिलाउनुपर्छ—विशेष गरी आफ्नो दिमागलाई पूर्ण रूपमा पुनर्ताजगी गर्नुपर्छ र फेरि यस्तै एउटा उत्कृष्ट टोली निर्माण गर्नुपर्छ। यस्तो वातावरण र टोली फेरि सिर्जना गर्न निकै कठिन हुन्छ।’
आफ्नो भनाइ टुङ्ग्याउँदै उनले अन्तिममा भने, ‘यो पराजय साँच्चै नै पीडादायी छ, म धेरै दुःखी छु।’ यति भनिसकेपछि उनी पत्रकारहरूसँग क्षमायाचना गर्दै भावुक बनेर पत्रकार सम्मेलन कक्षबाट बाहिरिएका थिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment