विश्वकपका २३ संस्करणमध्ये १९ पटकका विजेताले सबै खेल जितेका छैनन्, ४ विजेताको मात्रै शतप्रतिशत रेकर्ड
काठमाडौं । फिफा विश्वकपको ९६ वर्षे लामो इतिहासमा हालसम्म कुल २३ वटा संस्करण सम्पन्न भइसकेका छन्। विश्वकपको इतिहासलाई नियाल्दा कुनै पनि टोलीका लागि प्रतियोगिताका सम्पूर्ण खेलहरू जित्दै च्याम्पियन बन्नु अत्यन्तै दुर्लभ उपलब्धि देखिएको छ।
अहिलेसम्मका २३ मध्ये केवल तीनवटा संस्करणका विजेताहरूले मात्र समूह चरणदेखि फाइनलसम्मका आफ्ना सबै खेलहरू जितेर शतप्रतिशत नतिजाका साथ ट्रफी उचाल्न सफल भएका छन्।
बाँकी २० वटा संस्करणका विजेताहरूले भने आफ्नो यात्राका क्रममा कम्तीमा एक खेलमा बराबरी खेलेका वा पराजय व्यहोरेका थिए। यसका अतिरिक्त सन् १९४२ र १९४६ का दुई संस्करणहरू दोस्रो विश्वयुद्धका कारण स्थगित भई आयोजना नै हुन सकेका थिएनन्।
इतिहासकै पहिलो अर्थात् सन् १९३० को उरुग्वे विश्वकपमा आयोजक उरुग्वेले आफ्ना सबै चार खेल जितेर शतप्रतिशत रेकर्डसहित पहिलो उपाधि जितेको थियो।
त्यसपछि सन् १९३४ मा इटालीले उपाधि जित्ने क्रममा क्वार्टरफाइनलको पहिलो खेलमा स्पेनसँग १-१ गोलको बराबरी खेलेको थियो भने तत्कालीन नियमअनुसार पुन: खेलिएको रिप्ले खेलमा १-० को जित निकालेको थियो।
सन् १९३८ मा इटालीले पुन: उपाधि जित्दा प्रतियोगिता सिधा नकआउट ढाँचामा खेलाइएकाले आफ्ना सबै चार खेल जितेको थियो। दोस्रो विश्वयुद्धका कारण सन् १९४२ र १९४६ का संस्करणहरू रद्द भएपछि सन् १९५० मा सम्पन्न चौथो संस्करणमा उरुग्वे पुन: च्याम्पियन बन्यो, तर उसले अन्तिम समूह चरणको खेलमा स्पेनसँग २-२ गोलको बराबरी खेलेको थियो।
सन् १९५४ को स्विट्जरल्यान्ड विश्वकपमा पश्चिम जर्मनी विजेता बने पनि उसले समूह चरणमा हंगेरीसँग ३-८ को भारी पराजय भोगेको थियो। त्यसपछि सन् १९५८ मा ब्राजिलले पहिलोपटक उपाधि जित्दा समूह चरणमा इङ्ल्यान्डसँग ०-० को बराबरी खेलेको थियो भने सन् १९६२ को चिली विश्वकपमा ब्राजिलले उपाधि रक्षा गर्दा समूह चरणमै चेकोस्लोभाकियासँग ०-० को बराबरी खेलेको थियो।
सन् १९६६ मा आयोजक इङ्ल्यान्डले पहिलोपटक विश्वकप ट्रफी उचाल्ने क्रममा समूह चरणको पहिलो खेलमा उरुग्वेसँग ०-० गोलको बराबरी व्यहोरेको थियो।
सन् १९७० को मेक्सिको विश्वकपमा पेलेको कप्तानीमा रहेको ब्राजिलले समूह चरणका तीन र नकआउटका तीन गरी छवटै खेल जितेर इतिहासमा दोस्रोपटक शतप्रतिशत जितको कीर्तिमान बनायो। तर सन् १९७४ मा पश्चिम जर्मनीले उपाधि जित्दा समूह चरणमा छिमेकी राष्ट्र पूर्व जर्मनीसँग ०-१ को पराजय व्यहोरेको थियो।
सन् १९७८ मा आयोजक अर्जेन्टिना पहिलोपटक च्याम्पियन बन्दा उसले पहिलो समूह चरणमा इटालीसँग ०-१ को हार र दोस्रो समूह चरणमा ब्राजिलसँग ०-० को बराबरी खेलेको थियो।
सन् १९८२ मा इटालीले उपाधि जित्दा अचम्मको नतिजा दर्ता गर्दै पहिलो समूह चरणका तीनवटै खेलमा पोल्यान्डसँग ०-०, पेरुसँग १-१ र क्यामरुनसँग १-१ को लगातार बराबरी खेलेको थियो।
सन् १९८६ को मेक्सिको विश्वकपमा म्याराडोनाको अर्जेन्टिनाले उपाधि जित्दा समूह चरणमा इटालीसँग १-१ गोलको बराबरी खेलेको थियो। सन् १९९० मा पश्चिम जर्मनी च्याम्पियन बन्दा उसले समूह चरणमा कोलोम्बियासँग १-१ को बराबरी व्यहोरेको थियो।
सन् १९९४ को अमेरिका विश्वकपमा ब्राजिलले चौथो ट्रफी उचाल्दा समूह चरणमा स्विडेनसँग १-१ को बराबरी खेलेको थियो। सन् १९९८ मा फ्रान्सले पहिलोपटक विश्वकप जित्दा क्वार्टरफाइनलमा इटालीसँग निर्धारित समयमा ०-० को बराबरी खेलेपछि पेनाल्टी सुटआउटमा ४-३ को जित निकालेको थियो। यो तेस्रो शतप्रतिशत जित थियो ।
सन् २००२ को कोरिया र जापानमा आयोजित १७ औँ संस्करणमा ब्राजिलले आफ्ना साटवटै खेल ९० मिनेटभित्रै जितेर चौथोपटक शतप्रतिशत जितसहित पाँचौँ ट्रफी उचाल्दै नयाँ इतिहास रच्यो। त्यसपछि सन् २००६ मा इटालीले चौथोपटक उपाधि जित्दा समूह चरणमा अमेरिकासँग १-१ र फाइनलमा फ्रान्ससँग निर्धारित समयमा १-१ को बराबरीपछि पेनाल्टी सुटआउटमा ५-३ को जित दर्ता गरेको थियो।
सन् २०१० को दक्षिण अफ्रिका विश्वकपमा स्पेन पहिलोपटक च्याम्पियन बने पनि उसले समूह चरणको पहिलो खेलमै स्विट्जरल्यान्डसँग ०-१ को अप्रत्याशित हार भोगेको थियो।
सन् २०१४ को ब्राजिल विश्वकपमा जर्मनी च्याम्पियन बन्दा उसले समूह चरणमा घानासँग २-२ को रोमाञ्चक बराबरी खेलेको थियो। सन् २०१८ को रुस विश्वकपमा फ्रान्सले दोस्रोपटक उपाधि जित्दा समूह चरणको अन्तिम खेलमा डेनमार्कसँग ०-० को बराबरी खेलेको थियो।
सन् २०२२ को कतार विश्वकपमा अर्जेन्टिनाले ट्रफी उचाले पनि उसले समूह चरणको पहिलो खेलमै साउदी अरेबियासँग १-२ को हार भोगेको थियो भने क्वार्टरफाइनलमा नेदरल्यान्ड्ससँग २-२ र फाइनलमा फ्रान्ससँग ३-३ को बराबरीपछि पेनाल्टी सुटआउटमार्फत जित निकालेको थियो।
हालै सम्पन्न २०२६ को २३ औँ संस्करणमा स्पेनले अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले हराउँदै दोस्रोपटक ट्रफी उचालेको छ, जहाँ स्पेनले समूह चरणको खेलमा केप भर्डेसँग ०-० गोलको बराबरी खेलेको थियो।






डिसी नेपाल





Facebook Comment