सुरक्षा परिषद्को बैठक आज बस्दै, सुनसरी झडप र समसामयिक सुरक्षाबारे छलफल हुने

डिसी नेपाल
१४ साउन २०८३ १०:३५

काठमाडौं। देशको समग्र शान्ति-सुरक्षाको अवस्था र समसामयिक विषयमा समीक्षा गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बस्दैछ। प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११:३० बजे बैठक बोलाइएको हो।

बैठकमा मुख्य गरी सुनसरीको देवानगञ्ज गाउँपालिका स्थित कप्तानगञ्जमा दुई समुदायबीच भएको हिंसात्मक झडप, त्यसपछि उत्पन्न सुरक्षा चुनौती तथा मुलुकको पछिल्लो समग्र शान्ति-सुरक्षाको स्थितिबारे गहन छलफल हुनेछ।

कप्तानगञ्ज घटनामा एक जनाको मृत्यु हुनुका साथै सर्वसाधारण र सुरक्षाकर्मी घाइते भएपछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन र सामाजिक सद्भाव कायम राख्न अपनाउनुपर्ने रणनीतिबारे परिषद्मा समीक्षा गरिने बताइएको छ।

साथै, बैठकमा मुलुकका अन्य भागको शान्ति-सुरक्षाको अवस्था, सीमा सुरक्षा तथा वैदेशिक एवम् आन्तरिक सुरक्षा चुनौतीका विविध आयामहरूबारे समेत छलफल हुने कार्यसूची रहेको छ।नेपालको संविधान अनुसार राष्ट्रिय सुरक्षा परिषद्‌मा प्रधानमन्त्रीको अध्यक्षता रहने व्यवस्था छ।

परिषद्‌मा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति र रक्षा सचिव सदस्य रहने संवैधानिक प्रावधान छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *