शिव शिखरका बचतकर्तालाई ऋण असुलीबाट रकम फिर्ता जारी, थप ५६ जनाले पाए बचत
काठमाडौं। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका साना बचतकर्ताहरूको रकम फिर्ता गर्ने प्रक्रियालाई निरन्तरता दिएको छ। समितिको पछिल्लो निर्णय अनुसार शिव शिखरका थप ५६ जना पीडित बचतकर्ताहरूले आफ्नो बचत रकम फिर्ता पाएका छन्।
यससँगै शिव शिखर सहकारीका करिब १ हजार ४ सय जना बचतकर्ताहरूले हालसम्म आफ्नो रकम फिर्ता पाइसकेका छन्। समितिले सुरुवाती चरणमा थोरै बचत रकम भएका साना बचतकर्ताहरूलाई प्राथमिकतामा राखेर रकम फिर्ता गरिरहेको जनाएको छ।
आगामी दिनमा पनि बचतकर्ताहरूको रकमको दायराका आधारमा क्रमशः वर्गीकरण गर्दै रकम फिर्ता प्रक्रियालाई अगाडि बढाइने समितिले स्पष्ट पारेको छ।
सरकारले समस्याग्रस्त घोषित सहकारी संस्थाहरूबाट ऋण असुली गरी प्राप्त भएको रकम नै पीडित बचतकर्ताहरूलाई वितरण गरिरहेको हो।
प्रचलित कानुनी व्यवस्था बमोजिम समस्याग्रस्त सहकारी संस्थाहरूको ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकममार्फत बचतकर्ताहरूको रकम फिर्ता गर्ने कार्यलाई समितिले निरन्तर रूपमा सञ्चालन गरिरहेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment